चिकित्सकलाई आन्दोलन नगर्न सर्वोच्चको अन्तरिम आदेश « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चिकित्सकलाई आन्दोलन नगर्न सर्वोच्चको अन्तरिम आदेश


२९ भाद्र २०७५, शुक्रबार


high court

काठमाडौं । सर्वोच्च अदालतले अत्यावश्यकीय सेवाअन्तर्गत पर्ने चिकित्सा सेवा ठप्प पार्ने कार्य नगर्न/नगराउन चिकित्सकका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

फौजदारी संहितामा राखिएको इलाजसम्बन्धी प्रावधानमा आपत्ति जनाउँदै चिकित्सकहरूले इमर्जेन्सीबाहेकका सेवा ठप्प पार्ने घोषणा पछि परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।

प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि बिदामा बसेर बिहीबारबाट इजलास फर्केका न्यायाधीश दीपकराज जोशीको इजलासले बिहीबार नेपाल चिकित्सक संघको नाममा आदेश जारी गर्दै जोशीले स्वास्थ्य सेवाजस्तो आधारभूत क्षेत्रमा बन्द हडताल गर्न नपाइने फैसला गरेका हुन् ।

संघले मुलुकी अपराध (संहिता) ऐन २०७४ संशोधनका विषयलाई लिएर आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस