निर्मला हत्या प्रहरण : एसपी बिष्ट, उनका छोरा र मेयरका भतिजाको डीएनए परिक्षण गरिदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निर्मला हत्या प्रहरण : एसपी बिष्ट, उनका छोरा र मेयरका भतिजाको डीएनए परिक्षण गरिदै


२८ भाद्र २०७५, बिहिबार


Nirmala Pant

काठमाडौं । निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयरका भतिजा सुरेन्द्र विष्टको डीएनए परीक्षण थालिएको छ ।

त्रिवि शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा उनीहरुको डीएनए परीक्षण हुने भएको हो । उनीहरुको डिएनए परिक्षणका लागि आज नै रगतको स्याम्पल लिइसकिएको बताइएको छ ।

यसअघि प्रहरीले मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको दिलिपसिंह विष्टको डिएसए रिपोर्ट नेगेटिभ आएपछि उनीहरुको डिएनए परिक्षण थालिएको हो ।

प्रतिक्रिया दिनुहोस