कन्चनपुरमा अपहरित नौ महिने शिशुको प्रहरीद्वारा सकुशल उद्दार « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कन्चनपुरमा अपहरित नौ महिने शिशुको प्रहरीद्वारा सकुशल उद्दार


२८ भाद्र २०७५, बिहिबार


कन्चनपुर । कञ्चनपुरमा बुधबार मध्यरातमा आमासँगै सुतेकी नौ महिने बालिका सरस्वती बिष्टको अपहरण भएको ५ घण्टा पछि प्रहरीले उद्दार गरेको छ ।

पुनर्वास नगरपालिका–८ स्थित कगाउँमा माइतीघर आएकी पुनर्वास नगरपालिका–५ गगाउँ कि बेलु बिष्ट आफ्नी ९ महिने छोरी सरस्वतीसंग सुतेकी थिइन् । रातीको करिब २ बजेर ३८ मिनेटमा उनीसँगै सुतेकी बालिकालाई हरण गरिएको थियो ।

अपहरण भएको खबर पाए लगत्तै घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको प्रहरी टोलिले खोजतलास तिब्र बनाएमा बिहिबार बिहान ७स्४० बजे बालिकाको सकुशल उद्दार गरेको हो । उनलाई प्रहरीले मावली घर भन्दा झन्डै ५०० मिटर जनजागरण सामुदायिक वनको उत्तरतर्फ खोला नजिकै धानबारीमा फालिएको अबस्थामा फेला पारेको हो ।

बालिकालाई बिहिबार बिहान कञ्चनपुर प्रहरी प्रमुख एसपी कुबेर कडायतको उपस्थितिमा पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापा, उपमेयर शारदा बिष्ट धामी र पत्रकारहरुको रोहवरमा आमा बेलु बिष्टको जिम्मा लगाएको छ । तर उनलाई किन र कसले अपहरण गरेको हो भन्ने खुलेको छैन । घटना बारे अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस