कि निर्मलाको हत्यारा पत्ता लगाउनुहोस्, कि मलाई नै गोली ठोक्नुहोस् : निर्मलाकी आमा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कि निर्मलाको हत्यारा पत्ता लगाउनुहोस्, कि मलाई नै गोली ठोक्नुहोस् : निर्मलाकी आमा


२८ भाद्र २०७५, बिहिबार


काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर उल्टाखामकी निर्मला पन्तकी आमा दुर्गादेवीले कि छोरीको हत्यारा पत्ता लगाउन पत्ता लगाउन नसक्ने भए आफुलाई नै गोली हाल्न सरकारसँग माग गरेकी छन्।

न्यायको खोजीका लागि राजधानी आएकी दुर्गादेवीले आज रिपोटर्स क्लवमा आयोजित पत्रकारसम्मेलनमा हत्यारा पत्ता लगाउन भन्दै कञ्चनपुर आएका विभिन्न ब्यक्तिहरुले माश्वासन मात्र दिने गरेको गुनासो गरीन । उनले राष्ट्रपतिलाई निर्मला पनि तपाइकै छोरी भएकाले उसको हत्यारा पत्ता लगाइदिनुस भन्दै आग्रह गरिन ।

उनले न्यायको खोजिका लागि काठमाडौं आएको बताउँदै न्याय नपाइकन घर नजाने बताइन् ।

प्रतिक्रिया दिनुहोस