विदेशमा गराएको उपचार खर्च सरकारले नव्यहोर्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विदेशमा गराएको उपचार खर्च सरकारले नव्यहोर्ने


२८ भाद्र २०७५, बिहिबार


काठमाडौं । विदेशमा उपचार गराउनेको खर्च सरकारले नब्यहोर्ने भएको छ ।

संसद्‌मा पेश भएको जनस्वास्थ्य सम्बन्धी विधेयकमा बैदेशिक उपचारवाफत खर्च उपलब्ध नहुने गरी परिमार्जित बिधेयक अन्तिम चरणमा पुगेसँगै उक्त व्यवस्था हुन लागेको हो ।

संसदको शिक्षा र सवास्थ्य समितिले बैदेशिक उपचारवाफत खर्च उपलब्ध नहुने गरी तयार गरेको परिमार्जित विधेयकको प्रतिवेदन आज(बिहीबार) संसदमा पेश हुँदैछ।

‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएता पनि कुनै ब्यक्तिलाई विदेशमा उपचार गर्नु पर्ने भएमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन।’ –प्रतिवेदनमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस