२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जहाँको पानी नमिसाइ स्थानीयवासीको खाना पाक्दैन

अ+ अ-

परासी । पश्चिम नवलपरासीमा एउटा यस्तो पोखरी छ जहाँको पानी नमिसाई त्यहाँका स्थानीयवासीको खाना पाक्दैन् भने पोखरीको माछा खाएमा मृत्यु हुने पौराणिक मान्यता छ ।

सुन्दा अचम्म लाग्छ र विश्वास पनि हुँदैन तर यो यथार्थ हो । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं २ ‘सत्तपत्ती’ भन्ने स्थानमा रहेको चुहाडी पोखरीको पानी स्थानीय थारू समुदायले बिहान–साँझ मिसाएर खाना पकाउने गरेका छन् । त्यो यस्तो पोखरी हो, जसको पानी कहिल्यै सुक्दैन् र पोखरीमा रङ्गीविरङ्गी माछा पाइन्छ तर केवल हेर्नका लागि मात्र । पोखरीकै छेउमा कुँवारवर्ती माईथान मन्दिर पनि छ । यही कारणले सो क्षेत्र पर्यटकीय गन्तव्यको रूपमा परिणत हुँदै गएको स्थानीयवासी बताउँछन् ।

मन्दिर संरक्षण समितिका उपाध्यक्ष ओमनारायण थारूका अनुसार पुरानो जमानामा त्यहाँ सात घर मात्र थारूको बस्ती थियो । सात घरका साथै त्यहाँ ‘सत्त’ अर्थात दैवीय शक्ति रहेकाले त्यस स्थानको नाम पनि सत्तपत्ती रहन गएको उनी बताउँछन् । तराईमा भूमिगत पानी चापाकलको माध्यमबाट निकालेर पिउने गरिन्छ तर त्यस स्थान वरपर जति नै प्रयास गरे पनि धारामा पानी नआएपछि स्थानीयवासीले सोही चुहाडी पोखरी र त्यसकै छेउमा रहेको इनारको पानी पिउने, खाना पकाउने र नुहाउने काममा प्रयोग गर्दै आएका थिए । पछि त्यहाँ खानेपानीको व्यवस्थाले केही त्यहाँको पानीको प्रयोगमा कमी आएपनि थारू समुदायले पनि पोखरीको पानी खाने परम्परा अहिले पनि कायमै राखेका छन् ।

स्थानीयवासी हेमन्ती थारूका अनुसार दैनिक बिहान साँझ सो पोखरीको एक बोत्तल पानी मिसाएर खाना पकाउने गरिएको छ । परम्परादेखि नै चलिआएको र त्यस पोखरीको पानी मिसाउँदा छिटो पाक्ने गरेको उनी बताउँछिन् । थारू मात्र होइन अन्य समुदायका बासिन्दामा पनि माईथान उक्त पोखरीप्रति ठूलो आस्था छ । माईथानमा थारू समुदायकै पुजारीले पूजा गर्दै आएका छन् । स्थानीय बासिन्दा खाना खाएर, मासु खाएर वा महिला महिनावारी भएको समयमा पनि त्यहाँ पस्दैनन् पसेमा माताले दुःख दिने फेरि क्षमायाचना पूजा गरेपछि सन्चो हुने उनीहरूको विश्वास छ ।

त्यस पोखरीमा पहेँलो, कालो, सेतोलगायत रङ्गीविरङ्गी माछा पाइन्छ । ती माछालाई खान त के छुने हिम्मतसम्म स्थानीयले गर्न सक्दैनन् । त्यहाँका माछा खाएमा मृत्यु हुने उनीहरूको भनाइ छ । करीब २५÷३० वर्षअघि तालीमका लागि आएका नेपाली सेनाको फौजले सोही पोखरीमा नुहाउने, पानी पिउने गर्ने क्रममा माछा पनि मारेर खाएका थिए ।

गाउँलेले त्यहाँको माछा खानु हुँदैन भनेर बिन्ती गरे पनि सेनाका जवानले अटेर गरी माछा खाँदा दुई जवानको मृत्यु भएको स्थानीयवासी ओमनारायण थारूले बताए । जवानको मृत्यु भएपछि स्थानीयवासीको आग्रहअुनसार सेनाले त्यहाँ क्षमा पूजा गरेपछि अन्य सिकिस्त बिरामी भएका जवान बाँच्न सफल भएकाले त्यसपछि प्रत्येक वर्ष एक पटक नेपाली सेनाले त्यहाँ गएर पूजा तथा सरसफाइ गर्दै आएको उनले बताए ।

करीब १५ बिघा क्षेत्रफलमा फैलिएको कुँवारवर्ती स्थान (चुहाडी) को उचित संरक्षण र विकास गर्न सके पश्चिम नवलपरासीकै सबैभन्दा धेरै पर्यटक आगमन हुने स्थानको रूपमा स्थापित हुने स्थानीयवासीको भनाइ छ ।

पोखरी र माईथानसहित त्यहाँ केही भागमा जङ्गल, फराकिलो मैदान र पिकनिक तथा विवाहवारीका लागि ट्रष्ट निर्माण गरिएको छ । पर्यटन विभागले उक्त ट्रष्ट निर्माण गरेको हो । पिकनिक जान र घुम्नका लागि अहिले पनि त्यहाँ सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेकाले पार्क र पिकनिक स्थल बनाउने योजना रहेको वडाध्यक्ष कृष्णलाल मुखियाले बताए ।

सो क्षेत्रलाई उत्कृष्ट धार्मिक तथा पर्यटकीयस्थलको रूपमा विकास गर्नका लागि गुरुयोजना नै बनाएर काम अघि बढाइएको उक्त गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । गाउँपालिकाले अहिले त्यसका लागि दश लाख बजेट विनियोजन गरेको उनले जानकारी दिए।

उक्त स्थानको विकासका लागि प्रदेश सरकारले पनि चासो लिएको छ । मुख्यमन्त्री शङ्कर पोखरेल र प्रदेश सरकारका पर्यटनमन्त्री लीला गिरीसँग त्यस ठाउँको विकासका लागि कुरा भइरहेको र पर्यटनमन्त्री स्वयं आएर अवलोकन गरेको अध्यक्ष पाण्डेले जानकारी दिए ।