बाढीले विद्यालय भवन बगायो, बेनी बजार जोखिममा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बाढीले विद्यालय भवन बगायो, बेनी बजार जोखिममा


२८ भाद्र २०७५, बिहिबार


म्याग्दी । रघुगंगा नदीमा आएको बाढीले एक विद्यालय भवन बगाएको छ । छहरीमा परेको पहिरोले रघुगंगा नदी थुनेपछि बुधबार साँझ आएको बाढीले रघुगंगा गाउँपालिका–८, घ्याँसीखर्कस्थित रितुङ माध्यमिक विद्यालयको दुई वटा भवन, एक वटा शौचालय बगाएको वडा अध्यक्ष गमान छन्त्यालले जानकारी दिए । उनका अनुसार अर्काे एक भवन पनि आधा बगाएको छ ।

यस्तै, बाढीले सोही स्थानकै स्वास्थ्य चौकी भवन पनि बगाएको छ । तीन झोलुङ्गे पुलमा पनीे क्षति पुगेको वडा अध्यक्ष छन्त्यालले जानकारी दिए । खरिबोटस्थित बेलबहादुर छन्त्याल, चन्द्रबहादुर छन्त्याल र यमबहादुर छन्त्यालको घर र कुइनेमंगलेको तेर्सो भन्ने ठाउँमा अर्को एउटा घर पनि रघुगंगामा आएको बाढीले बगाएको उनले बताए ।

करिब २० घर रहेको घ्याँसीखर्क गाउँ नदी कटानका कारण जोखिममा परेको छ । यसैगरी माथिल्लो क्षेत्रका विभिन्न ठाउँमा गएको पहिराका साथै रघुगंगा र कालीगण्डकी नदीमा आएको बाढीले तटीय बस्तीहरुमा क्षत्ती पुर्‍याएको छ ।
बेनी बजार जोखिममा

सदरमुकाम बेनी बजार संरक्षणका लागि कालीगण्डकी नदीको किनारमा निर्माणाधीन पक्की पर्खाल बाढीले बगाएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए । करिब ५० मिटर पक्की पर्खाल बगाएर बस्तीतर्फ कटान गर्न थालेपछि बेनी बजार उच्च जोखिममा परेको हो । यसैगरी उक्त गाउँपालिका ३ राहुघाटको बस्ती र बेनी जोमसोम सडक अन्तर्गतको बेलिब्रिज कटानको जोखिममा परेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस