डोटीमा बस दुर्घटना, २४ घाइते, ६को अवस्था गम्भीर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

डोटीमा बस दुर्घटना, २४ घाइते, ६को अवस्था गम्भीर


२८ भाद्र २०७५, बिहिबार


धनगढी । डोटीको रुपसकाँडामा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् भने ६ जनाको अवस्था गम्भीर छ ।

दार्चुलाबाट महेन्द्रनगर तर्फ आउँदै गरेको ना५ख ९११४ नं. को बस भीमदत्त राजमार्ग अन्तर्गत पर्ने डोटीको रुपसकाँडामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार बस सडकबाट १०० मिटर तल भीरमा खसेको जनाइएको छ । दुर्घटनामा परी घाइते हुने मध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

घाइतेरुको उद्धार गरी उपचारका लागि पद्मा अस्पताल र सेती अञ्चल अस्पतालमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस