पूर्वका विभिन्न जिल्ला पुगेर फर्किए प्रधानसेनापति थापा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पूर्वका विभिन्न जिल्ला पुगेर फर्किए प्रधानसेनापति थापा


२७ भाद्र २०७५, बुधबार


नेपाली सेना

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा पूर्वका विभिन्न जिल्लाको प्रमण गर्दै राजधानी फर्किएका छन् । प्रधानसेनापति थापाले भ्रमणका क्रममा सुनसरीको इटहरीस्थित श्री पूर्वी पृतना हेडक्वाटर, झापास्थित श्री नंं.२१ बाहिनी अड्डा र उदयपुरस्थित श्री नंं.१८ बाहिनी अड्डाको निरीक्षण गरेका छन् ।

भ्रमणका क्रममा प्रधानसेनापति थापाले उक्त पृतना तथा बाहिनीहरुको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी लिएका थिए । मंगलबार धनकुटाको हिलेस्थित श्री नंं.२ बाहिनी अड्डाको निरिक्षण भ्रमणका लागि त्यसतर्फ गएका थापा आज काठमाडौं फर्किएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस