२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बलात्कारबाट गर्भवती भएकी १४ वर्षीया बालिका समस्यामा

अ+ अ-

बर्दिया । बलात्कृत भई गर्भवती भएकी बाँसगढी नगरपालिका–६ की १४ वर्षीया बालिकालाई बलात्कार गर्ने व्यक्ति को र कहाँको हो भन्नेबारे जानकारी नपाउँदा र कानूनी कार्वाहीका लागि किटानी जाहेरी दिन समस्या परेको छ ।

बलात्कार गरी गर्भवती बनाउने व्यक्तिको पहिचान हुन नसक्दा सबैभन्दा बढी समस्यामा पीडित बालिका मात्रै होइन, उनको परिवार पनि परेको छ । सुस्तःमनस्थितिकी ती बालिका आफूलाई बलात्कार गर्ने व्यक्तिका बारेमा प्रस्ट भन्न सक्दिनन् र घटनाका बारेमा सोधपुछ गर्दा बोल्दै बोल्दिनन् ।

त्यसो त उनी आफू बलात्कृत भई पीडित भएको भन्ने उनीलाई आभास हुनसकेको छैन । यस्तो अवस्थामा बलात्कृत गर्ने व्यक्तिको पहिचान गर्न झनै समस्या देखिएको छ । घटनाका बारेमा घर नजिकैको सोल्टी टोलका एकजना केटाले सम्पर्क गर्न मागेको र जङ्गलमा लगी बलात्कार गरेको भन्ने गरेकी छिन् ।

उक्त व्यक्तिलाई देखे भने चिन्छु पनि भन्ने गरेकी छिन् । तर ती व्यक्तिको पहिचान र उनीको न्यायको कसैले कतैबाट पहल हुनसकेको छैन । उनी गत वैशाख महिनामा घरबाट ठाकुरबाबा नपाको सैनाबरमा दिदीको घरमा जान्छु भनेर हिँडेकी उनी पाँच दिनसम्म बेपत्ता रहेकी थिइन् । घर र दिदीका सबै परिवारले खोजी गरे पनि उनी कहीँ कतै फेला पार्न सकेका थिएनन् ।

हराएको छैटौँ दिन सुरक्षाकर्मीले मोटरसाइकलमा घर पु¥याएका थिए । घरका कसैलाई पनि नभेटी उनीहरु फर्किएका थिए । आमाले भनिन्, “म बारीमा थिए, दुईवटा मोटरसाइकल आएर रोकियो । छोरीलाई लिएर आएका रहेछन् । म त्यहाँ पुग्न नपाउँदै उनीहरु हिँडिहाले एकजनाले पुलिसको पोशाक लगाएको थियो । उनीले केही कुरै गरेनन् ।”

पाँच दिनसम्म कहाँ थियो भनी सोधपुछ गर्दा बर्दिया राष्ट्रिय निकुञ्जस्थित बबई पुल नजिकै चारजना प्रहरीले समातेर लगेर राखेको बताउने गरेकी छिन् । उनीहरुले शारीरिक कहिले राखे कहिले केही गरेनन् भन्दै बोली फेर्न गरेकी छिन् । बालिकाले हरेक पटक बोली फेर्ने गर्दा पनि उनीलाई बलात्कार गरी गर्भवती बनाउने व्यक्तिको पहिचानमा समस्या हुँदै आएको छ ।

बालीकाकी आमाका अनुसार उनी गत वैशाख महिनादेखि महिनावारी भएकी छैनन् । छोरीको किन महिनावारी भएन भन्ने बारेमा सोचेको तर अरू केही कारणले नभएको होला भनेर सामान्यरुपमा लिए पनि छोरीको शरीर परिवर्तन भएको देखेपछि भने के कारणले यस्तो भएको भन्ने नजिकैको स्वास्थ्य चौकी स्वास्थ्य परीक्षण गर्न गएपछि मात्रै छोरीको पेटमा बच्चा रहेको थाहा पाएको बालिकाकी आमाले बताइन् ।

स्वास्थ्य चौकीले कति महीनाको गर्भ छ भन्ने बारेमा केही नभनी दिँदा थप समस्यामा परेका छन् । बालिकाको पेटमा करीब पाँच महीना अर्थात् २० हप्ताको गर्भ भइसकेको छ । यदि गर्भपतन गराउन खोजेको खण्डमा पनि कानूनले १२ हप्ताको गर्भलाई मात्रै गर्भपतन गर्ने कानूनी मान्यता दिएको छ ।

बालिकाले आफ्नो हित र अहितका बारेमा केही बोल्न सक्दिनन् । उनले बच्चा जन्माई हाले पनि उक्त बच्चाको जिम्मेवारी कसरी पूरा गर्लिन् । त्यसमाथि अपरिपक्व शरीर, कमजोर मानसिक अवस्था जन्मिएको बच्चा र आमा साथै परिवारलाई सामाजिकरुपमा हेर्ने गलत दृष्टिकोणबाट कसरी बच्ने पीडित परिवार चिन्तामा छ । समाजमा सहयोग गर्नेभन्दा पनि आलोचना गर्ने बढी छन् ।

घटनाका बारेमा थाहा भएको र पीडित बालिका र परिवारलाई न्यायका लागि पहल गर्न खोजे पनि बालिकाले आफूलाई बलात्कार गर्ने व्यक्ति र स्थानका बारेका यकिन रुपमा भन्न नसकेको तर प्रयास जारी राखेको बाँसगढी नगरपालिका–६ का वडाध्यक्ष दशरथ चौधरीले बताए ।

बालिका बलात्कृत भई गर्भवती भएको घटनाको विषयमा आफ्नो ध्यानाकषर्ण भएको बताउँदै समस्या सामाधान र प्रहरी र जिल्ला प्रशासन कार्यालय बर्दियामा समन्वय र पहल प्रक्रिया अगाडि बढाएको बाँसगढी नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिकी संयोजक सुष्मा चौधरीले बताइन् ।

निमित्त प्रजिअ तथा सूचना अधिकारी महेन्द्रजङ्ग शाहीले पीडित बालिका र अभिभावकले घटनाका सम्बन्धमा निवेदन लिएर आए आफ्नो तहबाट अन्य सम्बन्धित निकायमा पत्राचार गर्ने बताए । रासस