घुस लिएको आरोपमा प्रहरी पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

घुस लिएको आरोपमा प्रहरी पक्राउ


२७ भाद्र २०७५, बुधबार


घुस

काठमाडौं । इलाका प्रहरी कार्यालय रामगोपालपुर महोत्तरीमा कार्यरत प्रहरी नायव निरीक्षक रामबाबु प्रसाद यादव सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

यादवले नेपाल भारत सीमाबजारबाट सामान ल्याउन सहज बनाइदिने भन्दै सेवाग्राहीबाट रकम माग गरेको भन्ने सूचनाका आधारमा पाँच हजार घुस रकम सहित उनी पक्राउ परेका हुन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका यादवमाथि अप अनुसन्धान थालिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस