निर्मला हत्या प्रकरण: छानबिन समिति सदस्य केसीद्वारा राजिनामा फिर्ता « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

निर्मला हत्या प्रकरण: छानबिन समिति सदस्य केसीद्वारा राजिनामा फिर्ता


२७ भाद्र २०७५, बुधबार


वीरेन्द्र केसी

काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या घटना छानबिनका लागि बनेको सरकारी उच्चस्तरीय छानबिन समिति सदस्य वीरेन्द्र केसीले राजीनामा फिर्ता लिएका छन् ।

आज गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले आफूले राजीनामा फिर्ता लिएको बताएका छन् ।

पन्तले न्याय पाउनेमा शंका लागेको भन्दै उनले गत सोमबार राजिनामा दिएका थिए । उनी आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव समेत हुन् ।

प्रतिक्रिया दिनुहोस