प्रतिबन्धित लागुऔषधसहित पक्राउ « प्रशासन
Logo २० मंसिर २०७८, सोमबार
   

प्रतिबन्धित लागुऔषधसहित पक्राउ


२७ भाद्र २०७५, बुधबार


पक्राउ

कपिलवस्तु । प्रतिबन्धित लागुऔषधसहित भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा कपिलवस्तुको बहादुरगञ्जबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

शरीरका विभिन्न भागमा लुकाएर ल्याएको अवस्थामा स्पास्मो क्याप्सुल, नाइट्रोभेट ट्याब्लेटजस्ता लागुऔषध लिएर आउँदै गरेका बुद्धभूमि नगरपालिका–१ निवासी सङ्गीत गौतमलाई इलाका प्रहरी कार्यालय बहादुरगञ्जले पक्राउ गरेको हो ।

उनको साथबाट स्पास्मो १६ र नाइट्रोभेट ४२ थानसहित पक्राउ गरिएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रवि रावलले बताए। पक्राउ परेका गौतमलाई कपिलवस्तु जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको नायब उपरीक्षक रावलले जानकारी दिए ,

Tags :
प्रतिक्रिया दिनुहोस