तीज सामाजिक एकताको प्रतीक: राष्ट्रपति « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

तीज सामाजिक एकताको प्रतीक: राष्ट्रपति


२७ भाद्र २०७५, बुधबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका (तीज)का अवसरमा स्वेदश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेकी छन् । तीजका अवसरमा जारी शुभकामना सन्देशमा उनले तीज सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रूपमा रहेको उल्लेख गरेकी छन् ।

नेपाली नारीले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि व्रत बसेर भगवान् शिव–पार्वतीको पूजाआराधना गर्ने उल्लेख गर्दै राष्ट्रपति भण्डारीले तीजले सबैलाई एकताको सूत्रमा आबद्ध गरी विविधताबीच एकता, समन्वय, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याइरहेको शुभकामना सन्देशमा उल्लेख छ ।

उनले चाडपर्वहरू मनाउँदा तिनका मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनु आवश्यक भएको उल्लेख गरेकी छन् । उनले भनेकी छन्, ‘बहुजाति, बहुभाषा, बहुसंस्कृति आदिले विविधतायुक्त हाम्रो मुलुकमा मनाइने विभिन्न चाडपर्वले आफ्नै मौलिक मूल्य र मान्यतासहित संस्कृति, कला, भेषभूषा, गीतसंगीतलाई संरक्षण तथा संवद्र्धन गरिरहेका हुन्छन् ।’

उनले चाडपर्वहरू मनाउँदा मितव्ययिता अपनाउन आवश्यक रहेको पनि उल्लेख गरेकी छन् ।

हेर्नुस् शुभकामना सन्देश

 

Teej

प्रतिक्रिया दिनुहोस