मन्त्री पण्डित चीन जाँदै « प्रशासन
prasaLogo
२६ भाद्र २०७५, मंगलवार

मन्त्री पण्डित चीन जाँदै


प्रकाशित मिति : 11 September, 2018 5:36 pm

ग्लोबल ह्याप्पिनेश समिट

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित चार सदस्यीय भ्रमण टोली लिएर चीन जाने भएका छन् ।

चीनको सिचुवान प्रान्तको छेन्दुमा १ देखि ५ असोजसम्म हुने ‘१७ औं वेस्ट्रन चाइना इन्टरनेशनल फेयर’ मा भाग लिन मन्त्री पण्डित भदौ ३१ गते पत्नी विमला महत, सहसचिव केदारप्रसाद पनेरु र स्वकीय सचिव मनोज राईलाई लिएर भ्रमणमा जान लागेका हुन् ।

महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरुको विदेश भ्रमणमा रोक लगाएका मन्त्री पण्डित आफै आयोजकको खर्चमा चीन जान लागेका हुन् ।

सामान्य प्रशासन स्रोतबाट प्रशासन डटकमलाई प्राप्त पत्र अनुसार चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी तथा डेपुटी सेक्रेटरीका तर्फबाट भएको निमन्त्रणामा उनी त्यसतर्फ जाने भएका हुन् । बेइजिङ्गस्थित नेपाली राजदूतावासमार्फत परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रअनुशार भ्रमण तय भएको सामान्य प्रशासन स्रोतले बतायो ।

चार सदस्यीय प्रतिनिधि मण्डलमध्ये मन्त्री पण्डित तथा पत्नि महतको सम्पूर्ण खर्च आयोजकले व्यहोर्ने र सहसचिव केदारप्रसाद पनेरु तथा स्वकीय सचिव मनोज राईको भ्रमण खर्चका लागि भदौ २० अर्थ मन्त्रालयले राईको खर्च व्यहोर्ने सहमति दिइसकेको छ ।

छेन्दुमा हुने फेयरमा विश्वभरबाट हजारौं व्यक्तिहरु सहभागी र धेरै मुलुकबाट उच्च अधिकारी सहभागी हुने पत्रमा उल्लेख छ ।

हेर्नुहोस् पत्र

Tags :
प्रतिक्रिया दिनुहोस