भारतमा तीर्थयात्री बोकेको बस दुर्घटना, ४५ को मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भारतमा तीर्थयात्री बोकेको बस दुर्घटना, ४५ को मृत्यु


२६ भाद्र २०७५, मंगलबार


हैदराबाद । भारतको हैदराबाद तेलङ्गाना राज्यको जगतियाल जिल्लामा रहेको कोनडगट्टु घाटमा आज बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ ।

तेलंगाना राज्य सडक परिवहन निगम अन्तर्गत संचालन भइरहेको उक्त बस ६२ जना तीर्थालु सहित कोनडगट्टुको हनुमान मन्दिरबाट जगतियाल तर्फ गइरहेको बताइएको छ ।

घाइतेहरूलाई उद्धार गरी स्थानीय जगतियालको अस्पतालमा भर्ना गरिएको छ । घाइते भएका मध्य अधिकांश महिला रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस