बुढानीलकण्ठको जग्गा किर्ते प्रकरण : चार कर्मचरी पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बुढानीलकण्ठको जग्गा किर्ते प्रकरण : चार कर्मचरी पक्राउ


२६ भाद्र २०७५, मंगलबार


पक्राउ

काठमाडौं । बुढानिलकण्ठको ४० आना जग्गा किर्ते गरेर अर्कैको नाममा पास गरेको अभियोगमा प्रहरीले मालपोत कार्यालय चाबहिलका चार जना कर्मचारीलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुलाई कार्यालयबाटै पक्राउ गरेको हो । पक्राउ पर्नेमा मालपोत अधिकृत खगेन्द्र अर्याल, नासु रन्जनकुमार खरेल, जमुना कुमारी श्रेष्ठ र रघुनाथ तिमिल्सिना रहेका छन् ।

बुढानिलकण्ठमा रहेको चन्दनकृष्ण कायस्थको ४० आना जग्गा उनीहरुले नक्कली व्याक्ति खडागरी किनबेच गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस