सुर्खेतमा सिटीस्क्यान सेवा « प्रशासन
prasaLogo
२६ भाद्र २०७५, मंगलवार

सुर्खेतमा सिटीस्क्यान सेवा


प्रकाशित मिति : 11 September, 2018 1:30 pm

सुर्खेत । मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँ, सुर्खेतमा सिटीस्क्यान सेवा शुरु भएको छ ।

लामो समयदेखि यहाँका नागरिक सिटीस्क्यान सेवाबाट वञ्चित रहँदै आएका थिए । जटिल रोगको उपचारका लागि उक्त सेवा आवश्यक रहेको क्षेत्रीय अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डा.डम्बर खड्काले बताए । डा. खड्काका अनुसार तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको कार्यकालमा सिटीस्क्यान सेवाका लागि पहल गरिएको थियो ।

सङ्घीय सरकारको सहयोगमा सिटीस्क्यानका लागि अस्पताललाई तीन करोड ५० लाखको उपकरण प्राप्त भएको छ । अस्पतालले सोमबारदेखि उक्त सेवा शुरु गरेको छ । बिरामीले निजी अस्पतालभन्दा ५० प्रतिशत सहुलियतमा सो सेवा पाउने डा. खड्काले जानकारी दिए । “अब नागरिकले महँगो शुल्क तिरेर जटिल खालका रोगको उपचारका लागि बाहिर धाउनुपर्ने छैन,” उनले भने । रासस

Tags :
प्रतिक्रिया दिनुहोस