काभ्रेपलाञ्चोकमा सुनकोशीले बगाउँदा दुई बेपत्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काभ्रेपलाञ्चोकमा सुनकोशीले बगाउँदा दुई बेपत्ता


२६ भाद्र २०७५, मंगलबार


बनेपा । काभ्रेपलाञ्चोकमा सुनकोशी नदीले बगाउँदा सोमबार दुई जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयकाका अनुसार चौरीदेउराली गाउँपालिका–८ का १४ वर्षीय प्रदीप पहरी र सोही ठाउँका १८ वर्षीय आशिष पहरीलाई पौडी खेल्ने क्रममा सुनकोशीले बगाएको हो ।

मलामी गएका दुवै जना महादेवस्थान नजिकबाट पौडी खेल्ने क्रममा बगेका हुन् ।

इलाका प्रहरी कार्यालय कात्तिके देउरालीको टोली तथा स्थानीयवासी खोजीकार्यमा जुटेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस