प्रचण्डको भारत भ्रमण फलदायी भएको अध्यक्षद्वयको निष्कर्ष « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रचण्डको भारत भ्रमण फलदायी भएको अध्यक्षद्वयको निष्कर्ष


२५ भाद्र २०७५, सोमबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी भएको अध्यक्षद्वयले निष्कर्ष निकालेका छन्।

सोमबार भएको अध्यक्षद्वय केपी ओली र प्रचण्डबीचको भेटवार्ताले प्रचण्डको भारत भ्रमणको विषयमा पनि छलफल भएको थियो । समग्रमा राजनीतिक विषयभन्दा पनि विकास निर्माण एवं आर्थिक समृद्धिको लक्ष्यमा अगाडि बढ्नका लागि भ्रमण फलदायी रहेको निष्कर्ष निकालिएको थियो।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पार्टीको जनवर्गीय सङ्गठन, प्रदेश र जिल्ला समितिको एकताको विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।

भेटघाटमा एकता प्रक्रियालाई पूर्णता दिन यही भदौ २७ गते पार्टी सचिवालयको बैठक बोलाउने सहमति भएको छ। सचिवालयको बैठकले आवश्यक निर्णय लिने र एकता प्रक्रियालाई पूर्णता दिने विषयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली तथा अर्का अध्यक्ष दाहालबीच छलफल भएको हो। रासस

प्रतिक्रिया दिनुहोस