जिल्ला प्रशासनमा विशेष सेवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जिल्ला प्रशासनमा विशेष सेवा


२५ भाद्र २०७५, सोमबार


भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले सेवाग्राहीका लागि थप सेवा सञ्चालनमा ल्याएको छ ।

जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले आइतबार राहदानी बनाउन आएकी पहिलो सेवाग्राही सविना केसीलाई खादा ओढाएर स्वागत गर्दै सेवाको शुभारम्भ गरेका हुन् । उनले अब सेवाग्राही विचौलियाको भरपर्नु नपर्ने बताउँदै सेवाग्राहीलाई यसले धेरै सहजता ल्याउने बताए ।

प्रशासनका विभिन्न सेवा लिन आउने सेवाग्राही विचौलियाबाट ठगिने र अनावश्यक झण्झट व्यहोर्नु परेको गुनासो आएपछि प्रशासनले दुई जना कर्मचारीसहितको सेवा सहायता डेक्स नै स्थापना गरेर सेवा सञ्चालनमा ल्याएको हो ।

प्रमुख जिल्ला अधिकारी नारायण भट्टले प्रशासनबाट वितरण हुने नागरिकता, राहदानी, कुनै पनि उजुरी, गुनासो लगायतका सेवा लिन सेवाग्राहीले अब विचौलियाको भरपर्नु नपर्ने बताए। यहाँ खटिएका कर्मचारीले नै फाराम भरिदिने, निवेदन, उजुरी लेखिदिने, परामर्श दिने र अन्य आवश्यक सहयोग गर्नेछन् ।

कार्यालयले यसका लागि दुईजना कर्मचारी खटाएर सेवा दिन शुरु गरेको बताउँदै उनले अपाङ्ग र ज्येष्ठ नागरिकका थप अतिरिक्त सेवा प्रदान गर्ने बताए । कार्यक्रममा सेवाग्राही केसीले प्रशासनमा हुने काम लिन आउने सेवाग्राही यता र उता भौतारिनुपर्ने, एउटा निवेदन लेखिदिएको पनि रु ५०० देखि हजार तिर्नुपर्ने समस्या अब अन्त्य भएको आफूलाई लागेको बताए । यो सेवा सबै कार्यालयमा सञ्चालन भएर निरन्तरता पाउनुपर्ने उनले बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस