सशस्त्रमा भर्ना खुल्यो, जवानदेखि चर्मकर्मीसम्म गरी दुई हजार बढी माग « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सशस्त्रमा भर्ना खुल्यो, जवानदेखि चर्मकर्मीसम्म गरी दुई हजार बढी माग


२४ भाद्र २०७५, आइतबार


काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले नयाँ भर्ना आव्हान गरेको छ ।

जवानदेखि केसकर्तकसम्म गरी २ हजार ४० जना कर्मचारीका लागि दरखास्त मागेको सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, भर्ना छनौट शाखाले जनाएको छ ।

सशस्त्रले १ हजार ९ सय ३६ जना प्रहरी जवान, परिचर अन्तर्गत ७४ जना भान्से, ८ जना कुचिकार, ८ जना सुचिकार, ४ जना चर्मकर्मी र १० जना केसकर्तक माग गरेको हो।

इच्छुक योग्यता पुगेका नेपाली नागरिकले असोज २१ गतेसम्म आवेदन दिन सक्ने सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले जनाएको छ ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोक स्वयम्भु, नम्बर एक बाहिनी पकली सुनसरी, नम्बर दुर्इ बाहिनी बर्दिबास महोत्तरी, नम्बर चार बाहिनी पोखरा, नम्बर ६ बाहिनी बाङ्गेसिमल सुर्खेत, नम्बर ७ बाहिनी अत्तरीया कैलाली, सिमा सुरक्षा तालिम शिक्षालय बर्दघाट, नवलपरासी र जवान तालिम सिक्षालय नौबस्ता बाँकेबाट आवेदन दिन सकिने छ ।

जवानको लागि न्युनतम ८ कक्षा पास गरेको, न्युनतम १८ वर्ष पुरा भई २२ वर्ष ननाघेको हुनुपर्नेछ भने परिचरको हकमा १८ वर्ष पुरा भर्इ २५ वर्ष ननाघेको हुनुपर्नेछ ।

भर्ना सम्बन्धी सूचना

Tags :
प्रतिक्रिया दिनुहोस