डुंगा दुर्घटनाका वेपत्ताको शव भेटियो, मृत्यु हुनेको संख्या आठ पुग्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

डुंगा दुर्घटनाका वेपत्ताको शव भेटियो, मृत्यु हुनेको संख्या आठ पुग्यो


२४ भाद्र २०७५, आइतबार


पोखरा । कास्कीको बेगनासमा शनिबार दिउँसो डुंगा दुर्घटना हुँदा डुंगामा सवार ६ जना वेपत्ताको शव भेटिएको छ । वेपत्ताको शव भटिएसँगै मृत्युहुनेको संख्या ८ पुगेको छ ।

मृत्यु हुनेमा ३२ वर्षीया जमुना कँडेल, ५१ वर्षीया कृष्णकुमारी कँडेल, ५ वर्षीया प्राचीन पौडेल, १७ वर्षीया मनिषा बजगाईँ, ८ वर्षीया शिव खनाल, ७ वर्षीया शंकर खनाल, ४ वर्षीया रञ्जित गैर र ३२ वर्षीया रवी खनाल रहेका छन् ।

दरखान आफन्तका घर गएका परिवार एउटै डुंगामा सवार थिए । ५ वर्षीया बच्चा पानीमा खसेपछि बच्चाको उद्दार गर्न खोज्दा डुंगा पल्टेको थियो । डुंगामा सवार कसैले पनि लाइफ ज्याकेट लगाएको थिएन । लाइफ ज्याकेट नलाउँदा दुर्घटना निम्तिएको बताइएको छ ।

शनिबारदेखि वेपत्ता भएकाको शव आइतबारमात्रै फेला पारिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस