ट्राफिक व्यवस्थापन गर्न आर्इजीपीको निर्देशन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ट्राफिक व्यवस्थापन गर्न आर्इजीपीको निर्देशन


२४ भाद्र २०७५, आइतबार


इन्टरपोल

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक व्यवस्थापनलाई सहज, प्रभावकारी र चुस्त बनाउन निर्देशन दिएका छन् ।

हरेक व्यक्तिको ध्यान ट्राफिक प्रहरीमा हुने भएकाले आफ्नो बोली एवं आचरण राम्रो बनाएर ट्राफिक व्यवस्थापनलाई सहज, प्रभावकारी र चुस्त बनाउन निर्देशन दिएका हुन् ।

आइतबार बिहान महानगरीय ट्राफिक प्रहरी महाशाखाको अनुगमनमा पुगेका उनले जटिल बन्दै गएको उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन निश्चित कार्ययोजना बनाएर अगाडि बढ्न महाशाखालाई निर्देशन दिए ।

सो क्रममा महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि महाशाखाले गरेको कार्यप्रगतिबारे अवगत गराएका थिए।

यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा आठ लाख र देशभर ३२ लाख सवारी साधन गुड्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस