२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपतिबाट रथी थापालाई महारथीको दर्ज्यानी चिन्ह

अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई आज महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेकी छन् । राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानसेनापति थापालाई पद तथा गोपनीयताको शपथ पनि गराइन् ।

राष्ट्रपति भवन शितलनिवासमा आज आयोजित विशेष समारोहमा उनले रथी थापालाई महारथीको दर्ज्यानी चिन्ह प्रदान गरी प्रधानसेनापतिमा नियुक्त गरेकी हुन्। थापालाई गत साउन १० गतेको मन्त्रिपरिषद बैठकले प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको थियो भने साउन २४ गतेदेखि रथी थापालाई कायममुकाय प्रधानसेनापतिको जिम्मेवारी दिएको थियो ।

प्रधानसेनापति राजेन्द्र क्षेत्रीले भदौ २४ गतेबाट अनिवार्य अवकाश पाउने भएपछि विगतको प्रचलन अनुसार विदा बस्नुअघि क्षेत्रीले थापालाई कार्यभार हस्तान्तरण गर्दै एक महिनाअघि नै विदा बसेका थिए ।

नेपाली सेनाले प्रधानसेनापती राजेन्द्र क्षत्रीको उच्च सम्मान तथा विशेष समारोहका साथ बिदाई गरिसकेको छ । क्षत्रीलाई टुँडीखेलस्थित सैनिक मञ्चमा उच्च सम्मान स्वरुप ईज्जत अर्पण कवाज प्रदान गरिनुका साथै जंगी अड्डामा आयोजित विशेष समारोहका साथ शुक्रबार बिदाई कार्यक्रम सम्पन्न गरेको थियो ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उपस्थित थिए ।

मन्त्रिगण, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुखलगायत अन्य विशिष्ट महानुभावको समारोहमा उपस्थिति थियो ।

उनले सैनिक मुख्यालय जङगीअड्डा पुगेर आजै नेपालको ४३ औँ प्रधानसेनापतिका रूपमा पद बहाली गरे । वि.सं. २०१७ भदौ २५ गते लमजुङको गाउँशहरमा जन्मिएका रथी थापा वि.सं. २०३६ मा नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना भएका थिए।