अवैध लागूऔषधसहित एक पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अवैध लागूऔषधसहित एक पक्राउ


२४ भाद्र २०७५, आइतबार


काठमाडौं । प्रहरीले अवैध लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरीवृत्त कालिमाटीबाट खटिएको विशेष टोलिले बल्खु सडकबाट एकजनालाई पक्राउ गरेको जनाइएको छ ।

बल्खु ईलाकामा लागूऔषध कारोवार भइरहेको सूचानाका आधारमा प्रहरीको विशेष टोलीले पर्सा वीरगञ्ज महानगरपालिका – २८ बस्ने १९ वर्षीय सुवाल यादवलाई ९०० एम्पल लागूऔषधसहित पक्राउ गरेको हो ।

उनको साथबाट ३०० एम्पल डाइजेपाम, ३०० एम्पल नुर्फिन र ३०० एम्पल फेनार्गान फेला परेको प्रहरीले जनाएको छ ।

निज यादवलाई अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त कालिमाटीमा राखिएको प्रहरी प्रवक्ता रामदत्त जोशीले जानारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस