हेलिकोप्टर दुर्घटनाका मृतकको शव काठमाडौं ल्याइँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

हेलिकोप्टर दुर्घटनाका मृतकको शव काठमाडौं ल्याइँदै


२४ भाद्र २०७५, आइतबार


नुवाकोट । नुवाकोटमा शनिबार भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाको शव आइतबार बिहान विदुर ल्याइएको छ।

दुर्गम स्थानमा भएका कारण शव ल्याउन कठिनाइ भएको र रातभरी प्रहरी र स्थानीयबासीको सक्रियतामा शवको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए। शवलाई काठमाडौंं ल्याउने तयारी रहेको छ।  हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार रहेका थिए।

अन्य यात्रुमा जापानी नागरिक हिरोमी कोमात्सु (राहदानी नम्बर टिके७१३६१२०६८०), रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–२ का ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार रहेका थिए।

दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो। रासस

Tags :
प्रतिक्रिया दिनुहोस