१० किलो सुनसहित गोरखामा दुई जना पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

१० किलो सुनसहित गोरखामा दुई जना पक्राउ


२३ भाद्र २०७५, शनिबार


सुन

गोरखा । १० किलो अवैध सुन सहित गोरखामा दुई जना पक्राउ परेका छन् । उत्तरी क्षेत्र चुमनुव्री गाउँपालिका–७ छेकम्पारका मुटुक लामा र लोप्सान तेन्जे लामालाइ १० किलो सुन सहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

चुमनुव्री गाउँपालिका–३ सिर्दीवासमा चेकजाँचको क्रममा उनीहरुको साथबाट सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

दुबै जनाको साथबाट पाँच/पाँच किलो सुन बरामद भएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस