हेलिकोप्टर दुर्घटना ६ को मृत्यु, एकको उद्दार गरी उपचारका लागि काठमाडौं ल्याइयो « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

हेलिकोप्टर दुर्घटना ६ को मृत्यु, एकको उद्दार गरी उपचारका लागि काठमाडौं ल्याइयो


२३ भाद्र २०७५, शनिबार


नुवाकोट । नुवाकोटको मैलुङपाखामा दुर्घटना ग्रस्त भएको अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना हुँदा पाइलटसहित ६ जनाको मृत्यु भएको छ भने एक यात्रुको जिवितै उद्दार गरिएको छ ।

हेलिकोप्टरमा सवार आनी डोल्माको जीवितै उद्दार गरिएको हो । उद्दार पछि उनलाई उपचारका लागि हेलिकोप्टरबाट मेडीसिटी अस्पताल काठमाडौं ल्याइएको छ ।

गोरखाबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर ९ एन–एएलएस नुवाकोटको मेघाङ गाउँपालिका–१ बर्सङचेत मैलुङपाखामा आज बिहान दुर्घटनामा परेको थियो ।

दुर्घटनामा पाइलट निश्चल केसीका साथै डिल्लीबहादुर गुरुङ, छिरी शेर्पा, सुनिल लामा, छेवाङ नोर्वु लामा र जापानी नागरिक हिरोमी कोमात्सुको भने मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस