२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानसेनापति क्षत्रीकोे सम्मानमा बिदाई कार्यक्रम सम्पन्न

अ+ अ-

काठमाडौं । नेपाली सेनाले भोली (भाद्र २४) गतेबाट अनिवार्य अवकास लिँदै गरेका प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीलाई उच्च सम्मान तथा विशेष समारोहका साथ बिदाई गरेको छ ।

क्षत्रीलाई टुँडीखेलस्थित सैनिक मञ्चमा उच्च सम्मान स्वरुप ईज्जत अर्पण कवाज प्रदान गरिनुका साथै जंगी अड्डामा आयोजित विशेष समारोहका साथ बिदाई कार्यक्रम सम्पन्न गरिएको हो ।

गौरवमय इतिहास र परम्परा भएको नेपाली सेनामा सहायक सेनानी दर्जाबाट प्रवेश गरी ४० वर्षसम्म अनवरत रुपमा सेवा गरेको प्रधानसेनापतिको उच्च एवं गरिमामय ओहदाबाट पदावधिको हदले नेपाली सेनाबाट अवकाश प्राप्त गर्दै गर्दा नेपाली सेनाको प्रचलित परम्परा अनुसार प्रधानसेनापति क्षत्रीलाई बिदाई गरिएको नेपाली सेनाले जनाएको छ ।

कार्यक्रमको शुभारम्भमा प्रधानसेनापति क्षत्रीको सम्मानमा टुँडीखेलस्थित सैनिक मञ्चमा ईज्जत अर्पण कवाज प्रदान पश्चात जंगी अड्डामा आयोजित विशेष समारोहमा प्रधानसेनापति क्षत्री र कायम मुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापाले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

सोही अवसरमा प्रधानसेनापति महारथी क्षत्री तथा कायम मुकायम प्रधानसेनापति रथी थापाले सम्झना स्वरुप उपहार आदान प्रदान समेत गरेका थिए ।

कायम मुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई भोली (भाद्र २४ गते) नेपाली सेनाका परमाधिपति तथा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट राष्ट्रपति भवन, शितलनिवासमा महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्दै नेपाली सेनाको प्रधानसेनापतिको पदमा नियुक्ति गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रमको अन्त्यमा कायम मुकायम प्रधानसेनापति, पूर्व प्रधानसेनापतिहरु, सुरक्षा निकायका प्रमुखहरु, पि.एस.ओज रथीबृन्द लगायत अन्य रथीबृन्द तथा अधिकृतहरुले प्रधानसेनापति श्री क्षत्रीलाई सम्मानपूर्वक बिदाई गरेका थिए । बिदाई कार्यक्रममा आमन्त्रित बिशेष पाहुनावर्ग, परिवारजनहरुको साथै उल्लेख्य संख्यामा संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।