हेलिकप्टर दुर्घटना अपडेटः पाँच जनाको शव फेला, एक गम्भीर घाइते « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

हेलिकप्टर दुर्घटना अपडेटः पाँच जनाको शव फेला, एक गम्भीर घाइते


२३ भाद्र २०७५, शनिबार


काठमाडौं । गोरखाबाट काठमाडौका लागि उडेको अल्टिच्युट एयरलाइन्सको ९ एन ए एल एच कलसाइन हेलिकप्टर दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाइलट निश्चल केसी सहित अन्य चार जना रहेका छन् ।

यस्तै एक जना महिला गम्भीर घाइते भएकी छन् । गम्भीर घाइते हुनेमा ल्हो आनी डोल्पा डिकी रहेकी छन् । एक जना भने अझैं हराइरहेका छन् ।

हेलिकोप्टरमा पाइलट केसीसहित सात जना सवार रहेका थिए । हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु , रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–२ का ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार गोरखाको चुमनुब्री गाउँपालिका–१ को सामागाउँबाट उडेको हेलिकप्टर धादिङ र नुवाकोटको सिमानामा पर्ने नुवाकोटको मेघान गाउँपालिकामा दुर्घटना ग्रस्त अवस्थामा फेला परेको हो ।

प्रतिक्रिया दिनुहोस