नेपालको आर्थिक समृद्धिमा दुई देश मिलेर अघि बढ्ने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपालको आर्थिक समृद्धिमा दुई देश मिलेर अघि बढ्ने


२२ भाद्र २०७५, शुक्रबार


काठमाडौं । भारत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका गृहमन्त्री राजनाथ सिंहबीच नेपालको आर्थिक समृद्धिमा दुवै देश मिलेर अघि बढ्ने विषयमा छलफल भएको छ ।

आज अपराह्न भएको भेटमा पूर्वप्रधानमन्त्री दाहालले नेपाल र भारतबीच भएका समझदारीको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । उनले सीमा क्षेत्रमा प्रवासी नेपालीमाथि हुने गरेका लुटपाटका घटनाका सम्बन्धमा गृहमन्त्री सिंहको ध्यानाकर्षण पनि गराए । भारतीय गृहमन्त्री सिंहले सीमा क्षेत्रका सबै अधिकारीलाई तत्कालै खबर गरी त्यस्तो घटना हुन नदिने विश्वास दिलाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस