ट्याङ्करको ठक्करबाट दुईको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

ट्याङ्करको ठक्करबाट दुईको मृत्यु


२२ भाद्र २०७५, शुक्रबार


चितवन । ट्याङ्करको ठक्करबाट दुइृजनाको मृत्यु भएको छ । पूर्वी चितवनको भुरझुरेमा बिहीबार राति ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मकवानपुर छत्तिवनका ३४ वर्षीय सुकमान स्याङ्तान र बारा जितपुर–१६ का २९ वर्षीय प्रेमबहादुर मोक्तान रहेका जिल्ला प्रहरी कार्यालयचितवनले जनाएको छ ।

चितवनबाट मकवानपुरतर्फ जाँदै गरेको ना३ख ८५३९ नं. को ट्याङ्करले सोही दिशातर्फ जाँदै गरेको ग५प ६२६० नं को मोटरसाइकललाई राप्ती नगरपालिका–३ झुरझुरेमा ठक्कर प्रहरीले जनाएको छ ।

ट्याङ्करको ठक्करबाट घाइते भएका दुवैको उपचारका लागि भरतपुर ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने ट्याङ्कर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस