भुटानविरुद्ध नेपालको शानदार जित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भुटानविरुद्ध नेपालको शानदार जित


२१ भाद्र २०७५, बिहिबार


बंगलादेश । साफ च्याम्पियनसिपको आजको खेलमा नेपालले भुटानविरुद्ध ४–० को शानदार जित हात पारेको छ ।

पहिलो खेलमा पाकिस्तानसँग २–१ ले पराजित नेपालको आजको खेलमा जितका लागि खेलको २१ औं मिनेटमा अनन्त तामाङले, ७० औं मिनेटमा सुनिल बलले गोल गरेका थिए ।

भुटानी खेलाडी निमा वाङ्दीले निराजन खड्कालाई डी एरियामा फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई सदुपयोग गर्न नसेको नेपालले रिवाउण्डमा आएको बललाई सुनील बलले गोलमा परिणत गर्दै दोस्रो गोल बनाउन सफल भए ।

त्यस्तै खेलको ७७ औं मिनेटमा अञ्जन विष्टको ठाउँमा मैदान छिरेका भरत खवासले गोल गरे । यसैगरी नेपालका लागि ८८ औं मिनेटमा निराजन खड्काले गोल गरेर ४–० ले जिताए ।

प्रतिक्रिया दिनुहोस