७० करोड ठगी आरोपमा कम्पनी रजिष्ट्रारका २ उपसचिव सहित १३ जना पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

७० करोड ठगी आरोपमा कम्पनी रजिष्ट्रारका २ उपसचिव सहित १३ जना पक्राउ


२१ भाद्र २०७५, बिहिबार


काठमाडौं । कीर्ते गरेर ७० करोड ठगेको आरोपमा कम्पनी रजिष्ट्रार कार्यालयका दुई सहायक राजिष्ट्रार सहित १३ जना पक्राउ परेका छन् ।

शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रा.लि.को कागजपत्र कीर्ते गरेर ७० करोड रुपैयाँ सम्पत्ति ठगी गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा कम्पनि रजिस्टारका सहायक रजिष्ट्रार नारायणप्रसाद पोखरेल र उमेशमान जोशी रहेका छन् ।

यस्तै कम्पनी रजिष्ट्रार कार्यालयकै आइटी शाखाका आशिष महर्जन र पुष्पकला राई पनि पक्राउ परेका छन् भने अन्य दुई जना फरार छन् ।

यस्तै मुख्य योजनाकार भनिएका चन्द्रागिरी नगरपालिका ८ का राजनप्रसाद लम्साल, चन्द्रागिरी–१४ का निरजकुमार मानन्धर, रामेछाप सुनापाती–१ का जितबहादुर मगर, पेप्सीकोला बस्ने पुष्ण्प्रसाद खरेल पक्राउ परेका छन् । यसैगरी काभ्रे–५ का राजकुमार तामाङ, चन्द्रागिरी–१० का हिमाल महर्जन, चिरीबाबु महर्जन, बारा घर भएका अमृत थापामगर रहेका छन् ।

उनीहरु विरुद्ध विद्युतीय अपराध, चोरी, ठगी तथा संगठित अपराधमा मुद्दा चलाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस