२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेशबाहिर सरुवा गरिएका स्वास्थ्यकर्मीलाई रमाना नदिने

अ+ अ-

काठमाडौं । प्रदेश ७ को स्वास्थ्य निर्देशनालयले स्वास्थ्यकर्मीको सरुवाबारे संघीय सरकारप्रति असन्तुष्टि व्यक्त गरेको छ ।

निर्देशनालयले प्रदेशबाहिर सरुवा गरिएका स्वास्थ्यकर्मीलाई रमाना दिई पठाउन नसकिने भन्दै बुधबार स्वास्थ्य सेवा विभागलाई पत्राचार गरेको हो ।

‘यस प्रदेशअन्तर्गतका विभिन्न स्वास्थ्य संस्थाबाट विभिन्न तह र पदका धेरै स्वास्थ्यकर्मीहरूको प्रदेशबाहिर सरुवा गरिएको र प्रदेशभित्र नगन्य स्वास्थ्यकर्मीको सरुवा भएको देखिएकाले स्वास्थ्य सेवा सञ्चालनमा निकै बाधा पर्ने हुँदा सरुवा गरिएका हरेक पदमा ती पदहरू पूर्ति नहुँदासम्म हाल सरुवा गरिएका स्वास्थ्यकर्मीहरूलाई यो प्रदेशबाट रमाना गरी पठाउन नसकिने जानकारी गर्दछौं,’ निर्देशनालयले विभागलाई लेखेको पत्रमा उल्लेख छ ।

संघीय सरकार मातहत रहेको विभागले गत मंगलबार विभिन्न स्वास्थ्यकर्मीको सरुवा गरेको थियो ।

प्रदेशभित्रभन्दा बाहिर सरुवा हुने स्वास्थ्यकर्मी धेरै भएकाले स्वास्थ्य सेवा प्रवाहमा बाधा पुग्न सक्ने निर्देशनालयको दाबी छ । प्रदेशअन्तर्गतका विभिन्न स्वास्थ्य संस्थाहरूमा चौथौदेखि एघारौं तहसम्म सयभन्दा बढी दरबन्दी रिक्त रहेकाले स्वास्थ्य सेवा प्रवाहमा बाधा परेको पत्रमा जनाइएको छ ।

निर्देशनालयले सरुवा भएका कर्मचारीहरूको रमाना माग भएका नदिन प्रदेशका उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका तथा जिल्ला जन/स्वास्थ्य कार्यालयलाई अनुरोध गरेको छ । साथै दरबन्दी रिक्त भएको ठाउँमा सरुवा भई आउने कर्मचारीलाई कार्यालयमा सम्पर्क गर्न पनि निर्देशनालयले अनुरोध गरेको छ ।
हेर्नुस् पत्र