प्रहरी महानिरीक्षक खनाल कञ्चनपुर जाँदै, निर्मला प्रकरण बारे बुझ्ने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रहरी महानिरीक्षक खनाल कञ्चनपुर जाँदै, निर्मला प्रकरण बारे बुझ्ने


२१ भाद्र २०७५, बिहिबार


काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आज कञ्चनपुर जाने भएका छन् । खनालले निर्मला पन्तको बलात्कार पछि भएको हत्याका विषयमा गरिएको अनुसन्धानका विषयमा बुझ्ने बताइएको छ ।

निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको छानविनका लागि गठित उच्चस्तरीय समितिले बुधबार गृहमन्त्री रामबहादुर थापासँगको बिफिङमा थप अनुसन्धान गर्न विशेष अनुसन्धान टोली पठाउन आग्रह गरेको थियो । समितिले आग्र गरेकै दोस्रो दिन खनाल कञ्चनपुर जान लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस