बालिका बलात्कार गर्ने जेल चलान « प्रशासन
Logo १० जेष्ठ २०७९, मंगलबार
   

बालिका बलात्कार गर्ने जेल चलान


२१ भाद्र २०७५, बिहिबार


भोजपुर । बालिका बलात्कार गर्ने दुई जनालाई भोजपुर जिल्ला अदालतले जेल चलान गरेको छ । ९ वर्षीय बालिका करणीका अभियोगी पौवादुङमा गाउँपालिका- ३ का काजी भनिने मान बहादुर बोहोरा र १३ वर्षीय बालिका करणीको आरोपमा षडानन्द नगरपालिका – १२ का २८ वर्षीय कान्छा भनिने भवानी कट्टेललाई जेल चलान गर्न जिल्ला अदालत भोजपुरले आदेश दिएको छ ।

बोहोरालाई ११ वर्ष कैदसहित ७५ हजार जरिवानाको फैसला गरिएको छ । उनलाई १० वर्ष करणीको र १ वर्ष हाडनातामा गरी ११ वर्षको कैद सजायको फैसला गरिएकौ छ । त्यस्तै कट्टेललाई ८ वर्ष कैद र ७५ हजार क्षतिपूर्ति तोकिएको अदालतले जनाएको छ ।

गत जेठमा बोहारा र कट्टेललाई करणीको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस