लागूऔषधसहित दुई पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लागूऔषधसहित दुई पक्राउ


२१ भाद्र २०७५, बिहिबार


घुससहित रंगेहात पक्राउ

धादिङ । लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । प्रतिबन्धित लागूऔषध बोकेर हिँडिरहेको अवस्थामा धादिङको गजुरी गाउँपालिका १ गजुरी बजारबाट बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले लागूऔषध आसारपसार गरिरहेको भन्ने सूचनाका आधारमा सुर्खेत विरेन्द्रनगरका ४० वर्षीय सुवास जिसी र सोही ठाउँका ३३ वर्षीय रमेश गुरुङलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट १०० एमएलको कोरेक्स १८ बोतल र निट्राभा ट्याबलेट ५१ थान समेत बरामद गरिएको छ ।

पक्राउ गरिएका दुबैजनालाई हिरासतमा राखि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस