रोजगारीका लागि साउदी पुगेका पाँच युवा अलपत्र « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रोजगारीका लागि साउदी पुगेका पाँच युवा अलपत्र


२१ भाद्र २०७५, बिहिबार


म्याग्दी । रोजगारी लागि साउदी पुगेका पाँच युवा अलपत्र परेका छन् । अलपत्र पर्नेमा म्याग्दीको बेनी ३ का नारायण छन्त्याल र धौलागिरी ५ का उदवीर घर्तीसहित सिन्धुपाल्चोकका दुई र बर्दियाका एक युवा रहेका छन् । दुई वर्ष अघि साउदी पुगेका उनीहरु कम्पनीको दुर्व्यवहारका कारण अलपत्र परेको जनाइएको छ ।

साउदीको अजीब अल हाजिरी कम्पनीमा सवारी चालकको काम गर्दै आएका छन्त्यालले टेलीफोनमा भने, ‘आफुसँगै काम गर्ने साथीलाई कम्पनीले कुटपिट गरेको र त्यसो नगर्न आग्रह गर्दा आफुमाथि पनि दुवर््यवहार गरिएको हो ।

कान्तिपुर मेनपावर कम्पनीमार्फत दुई वर्षका लागि साउदी पुगेका उनलाई कम्पनीले तीन वर्ष पूरा नभएसम्म फिर्ता नहुने धम्की दिँदै आएको र अहिले कुटपिट गरेर मोबाइल र पर्स समेत खोसेर आफुहरुलाई कम्पनीले निकालेको उनी बताउँछन् ।

उनीहरुको पासपोर्ट र लाइसेन्सलगायतका कागजपत्रहरु पनि कम्पनीले नै राखेको बताइएको छ ।

उनीहरुलाई कम्पनीले नेपाल फर्किनबाट रोक्ने, कडा परिश्रम गर्न लगाउने, शारीरिक, मानसिक यातना दिन थाले पछि दुतावास र श्रम अदालत धाउँदा समेत घर फर्किने वातावरण बनेको छैन ।

नेपाल फर्किने चाहना भएकोले आफुहरुलाई घर फिर्ताका लागि पहल गरिदिन समेत उनीहरुले सरोकारवालाहरु सँग आग्रह गरेका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस