पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य बढ्यो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य बढ्यो


२१ भाद्र २०७५, बिहिबार


नेपाल आयल निगम

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढाएको छ । आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजल र मट्टितेलमा प्रतिलिटर ३–३ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँका दरले मूल्य बढाएको हो ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार स्वचालित प्रणालीअनुसार इन्धनको मूल्य समायोजन गरिएको छ र नयाँ मूल्य आजै देखि नै लागु भएको छ ।

नयाँ मूल्य अनुसार एक लिटर पेट्रोलको मूल्य १ सय १२ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टितेललाई ९८–९८ रुपैयाँ तिर्नुपर्ने भएको छ । खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर १४ सय रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेको तथा अमेरिकी डलरको तुलनामा नेपाल र भारतीय मुद्रा अवमूल्यन भएको र सोही अनुसार भारतीय आयल निगमबाट १ सेप्टेम्बरमा प्राप्त मूल्य बढेर आएकाले मूल्य विश्लेषण गरी समायोजन गरिएको निगमले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस