पर्सामा पोखरीमा डुबेर दुई बालकको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पर्सामा पोखरीमा डुबेर दुई बालकको मृत्यु


२० भाद्र २०७५, बुधबार


पर्सा । पर्सामा पोखरीमा नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका १४ वर्षीय नितेश पटेल र ११ वर्षीय सुदर्शन पटेल रहेको प्रहरीले जनाएको छ ।

उनीहरु रामगढवाको ज्योतिनगरस्थित पोखरीमा मंगलबार बेलुका नुहाउन गएका थिए । अबेरसम्म पनि घर नफर्किए पछि खोजी गर्ने क्रममा आजविहान
उनीहरुको शव पोखरीमा फेला परेको हो ।

उनीहरुको शव परिक्षणका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल लगिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस