टिपरको ठक्करबाट धनुषामा दुई दाजु भाइको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

टिपरको ठक्करबाट धनुषामा दुई दाजु भाइको मृत्यु


२० भाद्र २०७५, बुधबार


बस दुर्घटना

धनुषा । धुनषाको धारापानीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई दाजु भाइको मृत्यु भएको छ ।

बुधबार बिहान १० बजे तिर पूर्वपश्चिम राजमार्ग अन्र्तगत धनुषाधाम नगरपालिका–९ धारापानीमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१प ६१८९ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको स५प ९०४६ नम्बरको मोटरसाइकललाई ठक्कर दुई जनाको घटना स्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा उदयपुर त्रियुगा नगरपालिका–४ का २५ वर्षीय विकास राई र २३ वर्षीय सचिन राई रहेको छन् । उनीहरु दाजुभाइ हुन् ।

प्रतिक्रिया दिनुहोस