न्युरोडमा ‘स्मार्ट पार्किङ’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

न्युरोडमा ‘स्मार्ट पार्किङ’


२० भाद्र २०७५, बुधबार


काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोडमा एकै पटक ५०० वटा सवारी अट्ने ‘स्मार्ट पार्किङ’ बनाउने भएको छ । महानगरले स्मार्ट र स्थानीयले अपनत्व बोध गर्न सक्ने खालको पार्किङ भवन बनाउन इच्छा राख्ने कम्पनीले एकल वा संयुक्त रुपमै आवेदन दिन बोलपत्र आव्हान गरेको छ ।

उक्त पार्किङ भवन सात तलाको हुनेछ । प्रवेश मार्गमा ३० प्रतिशत हरियाली तथा सौन्दर्यीकरण हुनुपर्ने प्रावधान छ । कूल क्षेत्रफलको २५ प्रतिशत क्षेत्रमा अत्याधुनिक प्रविधिबाट विज्ञापन गर्न पाइने महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख महेश काफ्लेले जानकारी दिए ।

शारीरिक रुपमा अशक्तलाई समेत सहज हुने गरी पार्किङ भवनमा एक ठाउँबाट अर्को ठाउँमा पुर्याउने व्यवस्था सहितको सुविधा हुनेछ । सो संरचनामा आकाशे पानी सङ्कलन विधि जडान गरिनेछ । सो स्थलमा पैदल यात्री मैत्री, बस्ने तथा पर्खने ठाउँको व्यवस्था, पर्याप्त उज्यालो, विद्युतीय सवारी चार्ज स्टेशन, कार सफाइ तथा मर्मत सुविधा र पार्किङ नियन्त्रक यन्त्र रहने महानगरपालिकाको दाबी छ । भवन निर्माण गर्न महानगरपालिकाले न्यूरोड स्थित धर्मपथको एक रोपनी १० आना जग्गा प्रयोग गर्नेछ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस