विप्लवका प्रवक्ता भोजपुर अदालतमा, थुनछेक बहस हुँदै « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

विप्लवका प्रवक्ता भोजपुर अदालतमा, थुनछेक बहस हुँदै


२० भाद्र २०७५, बुधबार


प्रकाण्ड-विप्लव

भोजपुर । नेकपा विप्लव समूहका नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई जिल्ला अदालत भोजपुरमा उपस्थित गराइएको छ ।

प्रकाण्डविरुद्ध जिल्ला अदालत भोजपुरमा ३ वटा मुद्धा दायर छन् । उनी विरुद्ध विष्फोटक पदार्थ, आगजनी र ज्यान मार्ने उद्योगको मद्दा दायर भएकोले प्रहरीले अदालतमा उपस्थित गराएको हो ।

अहिले प्रकाण्डको बयान जारी रहेको जिल्ला अदालत भोजपुरका सूचना अधिकारी मणिराम पोखरेलले जानकारी दिए । थुनछेक आदेशका लागि बुधबार बहस गरिएको छ ।

प्रकाण्डको पक्षबाट तीनजना वकिलले बहस गर्दैछन्।

Tags :
प्रतिक्रिया दिनुहोस