संसदमा प्रधानमन्त्रीको राजीनामा माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

संसदमा प्रधानमन्त्रीको राजीनामा माग


२० भाद्र २०७५, बुधबार


काठमाडौं । प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।

सांसद सिंहले सरकारका मन्त्रीहरुले संविधान उल्लंघन गरेको आरोप लगाउँदै प्रधानमन्त्रीको राजीनामा मागेका हुन् ।

लेलिन विष्टलाई सरकारले सरकारबाट अनुमति नलिएको भन्दै विदेश जानबाट एयरपोर्टमा रोक्नु संविधानको ठाडो उलंघन भएको बताउँदै उनले संविधान उल्लंघन गर्नेलाई पदमा बस्ने अधिकार नभएकाले प्रधानमन्त्रीको राजीनामा माग्दछु भने।

बर्दियामा मन्त्रीलाई कालोझण्डा देखाउने क्रममा पक्राउ परेका व्यक्तिको प्रहरी हिरासतमा मृत्यु भएको भन्दै उनले स्वतन्त्र न्यायिक छानविनको माग गरे।

Tags :
प्रतिक्रिया दिनुहोस