काठमाडौं प्रहरी अवार्ड : को – को भए पुरस्कृत ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काठमाडौं प्रहरी अवार्ड : को – को भए पुरस्कृत ?


२० भाद्र २०७५, बुधबार


काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले उत्कृष्ट प्रहरी अधिकृत तथा जवानहरुलाई पुरस्कृत गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले स्थापना गरेको काठमाडौं प्रहरी अवार्ड प्रहरी नायब उपरीक्षक टेकुनन्द इवा लिम्बु र गौतमकुमार केसीलाई संयुक्त रुपमा पुरस्कृत गरेको छ ।

उनीहरुलाई आज आयोजित एक कार्यक्रमकाबीच पुरस्कृत गरिएको हो । उत्कृष्ट डिएसपी घोषित उनीहरुले संयुक्त रुपमा ५० हजार रुपैयाँ पाएका छन् ।

त्यस्तै, प्रहरी निरीक्षकतर्फ प्रहरी परिसर, काठमाडौंमा कार्यरत् अनिलकुमार अधिकारी र महानगरीय प्रहरी वृत्त दरबारमार्गमा कार्यरत् जितेन्द्र श्रेष्ठ उत्कृष्ट घोषित भएका छन् । उनीहरुले संयुक्त रुपमा ३५ हजार रुपैयाँ पाएका छन् ।

पुरस्कार छनौट समितिका संयोजक एसपी रामदत्त जोशीका अनुसार प्रहरी नायब निरीक्षकतर्फ मिनशादुर खड्का र पूर्णबहादुर कठायत, प्रहरी सहायक निरीक्षकतर्फ सुरेन्द्रबहादुर बसेल र विश्वभुषण खड्का पुरस्कृत भएका छन् ।

प्रहरी नायब निरीक्षकको पुरस्कार राशि २५ हजार रुपैयाँ र प्रहरी सहायक निरीक्षकको २० हजार रुपैयाँ रहेो छ । प्रहरी हवल्दारतर्फ किशोरकुमार गोले र रुपबहादुर थापा पुरस्कृत भएका छन् । उनीहरुले १५ हजार रुपैयाँ संयुक्त रुपमा पाएका छन् ।

प्रहरी जवानतर्फ कमलप्रसाद देवकोटा र जीवन श्रेष्ठ १० हजार रुपैयाँसहित पुरस्कृत भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस