ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पुन बंगलादेश प्रस्थान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पुन बंगलादेश प्रस्थान


२० भाद्र २०७५, बुधबार


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन बंगलादेश प्रस्थान गरेका छन् । उर्जा मन्त्री पुन पाँच सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बंगलादेशको राजधानी ढाका प्रस्थान गरेका हुन् ।

मन्त्री पुन बंगलादेश सरकारले आयोजना गर्न लागेको ‘पावर एण्ड इनर्जी वीक’ कार्यक्रममा सहभागी हुन ढाका प्रस्थान गरेका हुन् । उनले ढाका बसाइमा बंग्लादेशी प्रधानमन्त्री शेख हसिना र समकक्षी नसरुल हमिदसँग भेटवार्ता गर्नुका साथै ऊर्जा क्षेत्रमा थप सहकार्य बारे छलफल गरिने बाताइएको छ ।

यसअघि नेपाल र बंगलादेशबीच इनर्जी को-अपरेशनमा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया दिनुहोस