अख्तियारको प्रमुख आयुक्तमा नविन घिमिरे सिफारिस « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अख्तियारको प्रमुख आयुक्तमा नविन घिमिरे सिफारिस


२० भाद्र २०७५, बुधबार


काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नविनकुमार घिमिरेको नाम सिफारिस गरिएको छ ।

संवैधानिक परिषदको बुधवार बसेको बैठकले घिमिरेको नाम सिफारिस गरेको हो । उनी अख्तियारको कार्यवाहक प्रमुख हुन् । संसदीय सुनुवाई प्रक्रिया पूरा गरेपछि घिमिरे प्रमुख आयुक्तमा नियुक्त हुनेछन् ।

उनी २०७१ सालमा अख्तियारको आयुक्त नियुक्त भएका थिए । तत्कालीन प्रमुख आयुक्त दीप बस्न्यातले अनिवार्य अवकास पाएसँगै घिमिरेलाई कार्यवाहकको जिम्मा दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस