अख्तियार प्रमुख र वित्त आयोग अध्यक्ष सिफारिसको तयारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अख्तियार प्रमुख र वित्त आयोग अध्यक्ष सिफारिसको तयारी


२० भाद्र २०७५, बुधबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग अध्यक्षको नाम सिफारिसको तयारी थालिएको छ । यी पदमा सिफारिसका लागि आज सिंहदरवारमा संवैधानिक परिषद्को बैठक बस्दैछ ।

अख्तियार लामो समयदेखि प्रमुख आयुक्तविहीन छ । दीप बस्न्यातले अवकाश पाएपछि गत फागुनदेखि अख्तियार कार्यवाहकको भरमा चलिरहेको छ । हाल कार्यवाहकको जिम्मेवारी नवीनकुमार घिमिरेले सम्हाल्दै आएका छन् ।

बैठकले घिमिरेलाई नै प्रमुख आयुक्तमा नियुक्ति सिफारिस गर्ने सम्भावना रहेको स्रोतले बताएको छ ।

प्रमुख आयुक्तका लागि वरिष्ठ अधिवक्ता युवराज संग्रौलाको पनि चर्चा रहेको थियो ।

वित्त आयोगको अध्यक्षमा पूर्वसचिव तथा स्थानीय निकाय तह पुनर्संरचना आयोगको संयोजक भई काम गरेका बालानन्द शर्माको नाम चर्चामा छ । पूर्व अर्थसचिव शान्तराज सुवेदीको नाम पनि छलफलमा रहेको स्रोतले बतायो । यस्तै, आयोगका चार सदस्यको नाम सिफारिस गर्ने परिषद्को तयारी छ ।

प्रतिक्रिया दिनुहोस